प्रधानमन्त्री शाह पोखरा हुंदै मुस्ताङ भ्रमणमा, अस्तामको इको भिलेजमा बस्ने

विज्ञापन
ncell

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा माछापुच्छ्रे गाउँपालिका-६, अस्तामस्थित ‘इको भिलेज’ रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ । पोखराबाट करिब साढे ४ किलोमिटरको दूरीमा रहेको उक्त रिसोर्टबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज मुस्ताङका लागि प्रस्थान गरेका छन् । शुक्रबार बिहान काठमाडौंबाट बाहिरिएका शाह पोखरा हुँदै मुस्ताङ हिँडेका हुन् ।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा माछापुच्छ्रे गाउँपालिका-६, अस्तामस्थित ‘इको भिलेज’ रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ । पोखराबाट करिब साढे ४ किलोमिटरको दूरीमा रहेको उक्त रिसोर्टबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणको औपचारिक उद्देश्य तथा प्रयोजनबारे प्रधानमन्त्रीको कार्यालयले भने हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।

यता, कास्की प्रहरीले पनि प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ । मुस्ताङ प्रहरीले समेत भ्रमणसम्बन्धी औपचारिक जानकारी नआएको बताएको छ ।