सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट, लिए पद तथा गोपनीयताको शपथ

विज्ञापन
ncell

शुक्रबार बिहान भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका प्रदेश प्रमुख नजिर मियाँले अपरान्ह पद तथा गोपनीयताको शपथ गराएका हुन् । भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए।

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त भएका छन् । शुक्रबार बिहान भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका प्रदेश प्रमुख नजिर मियाँले अपरान्ह पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए। उनको दाबीमा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए । दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्रीको शपथपछि एमालेको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथको तयारी भइरहेको छ ।