रिलायबल लाइफको नाफा ५८ करोड नाघ्यो, बीमा कोष ३२.१४ प्रतिशतले बढ्यो
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा २.१८ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष कम्पनीले ५७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा २.१८ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष कम्पनीले ५७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म जीवन बीमा कोषमा १७ अर्ब ९३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कोषमा १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ थियो। यससँगै जीवन बीमा कोष ३२.१४ प्रतिशतले बढेको छ ।
कम्पनीले समीक्षा वर्षमा ६ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको कम्पनीको यस्तो आम्दानी २२.८६ प्रतिशतले बढेको हो ।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क संकलन पनि बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क संकलन २५.५६ प्रतिशतले वृद्धि भएको हो ।
समीक्षा अवधिमा कम्पनीको सेयर प्रिमियम १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा २८ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७३ लाख रुपैयाँ छ ।
अघिल्लो आर्थिक वर्षमा महाविपत्ति कोषमा २२ करोड ९७ लाख, रिटेन्ड अर्निङमा ८८ करोड ७९ लाख र अन्य इक्विटीमा ४ करोड ४ लाख रुपैयाँ थियो । ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.२१ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १०.९७ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४८.४९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३९.२५ गुणा रहेको छ ।
