काठमाडौं ओर्लिए देउवा, विमानस्थलमा कार्यकर्ताको भिड

विज्ञापन
ncell

देउवाको स्वागतमा पुगेका कार्यकर्ताले उनको समर्थनमा नाराबाजी समेत गरेका छन् ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किएका छन् । गत फागुनको दोस्रो साता चुनावका बेला उपचारका लागि बैंकक पुगेका उनी त्यहाँबाट हङकङ गएका थिए । देउवा साढे ५ महिनापछि स्वदेश फर्किएका हुन् ।उनको स्वागतमा कांग्रेस संस्थापन इतरका नेताको विमानस्थलमा भिड लागेको छ । देउवाको स्वागतमा पुगेका कार्यकर्ताले उनको समर्थनमा नाराबाजी समेत गरेका छन् ।