कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, कसरी देखियो ३०० प्रतिशतको बृद्धि

विज्ञापन
ncell

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २३ पैसाबाट बढेर २८ रुपैयाँ १७ पैसा पुगेको छ । गत असारसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात ७.४५ गुणा छ ।

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष (२०८२/८३) मा ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन आर्थिक वर्ष २०८१/८२ को खुद नाफा १ अर्ब ८१ करोड ९६ लाखको तुलनामा ३०५.९६ प्रतिशतले बढी हो ।

कुमारस्ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको जानकारी दिएको छ । यद्यपी बैंकको खुद ब्याज आम्दानी भने ३.३७ प्रतिशत मात्र बढेको छ । खुद फि तथा कमिशन आम्दानी भने १४.५५ प्रतिशतले बढेको छ । बैंकले १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेका कारण सञ्चालन नाफा १०१.०९ प्रतिशतले बढेर ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ कमाउन सफल भएको छ । यद्यपी बैंकको कुल सञ्चालन आम्दानी भने ७.६६ प्रतिशतले बढेर १६ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २३ पैसाबाट बढेर २८ रुपैयाँ १७ पैसा पुगेको छ । गत असारसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात ७.४५ गुणा छ । यद्यपी बैंकको वितरणयोग्य नाफा भने ७९ करोड १६ लाख रुपैयाँ मात्र छ । यसरी हेर्दा वितरणयोग्य प्रतिशेयर आम्दानी भने ३ रुपैयाँ २ पैसा हुन आउँछ । बैंकको हाल चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ । यसअवधिमा बैंकको जगेडा कोषमा १८ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ सञ्चित छ । २०८३ असारसम्म बैंकले ४ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।