नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढेर ४ अर्ब ११ करोड

विज्ञापन
ncell

मंगलबार नेप्से परिसूचक ०.७९ अंक बढेर २६४१.८५ विन्दुमा पुगेको छ । आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

काठमाडौँ । साताको दोस्रो कारोबार दिन मङ्गलबार नेप्से परिसूचक बढेर भएर बन्द भएको छ । पछिल्लो तीन कारोबार दिनदेखि घटिरहेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से), आज भने सामान्य अंक बढेर बन्द भएको हो । मंगलबार नेप्से परिसूचक ०.७९ अंक बढेर २६४१.८५ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । सोमबार ३ अर्ब ६७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ११ करोड ९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 

आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बाँकी मूल्य बढेका स्टकहरुको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको महिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक १४.९१ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज पनि सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको कारोबार रकम साढे ३३ करोड रुपैयाँ नाघेको छ । 

१३ उपसमूहमध्ये यस दिन छ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

मङ्गलबार १३३ कम्पनीको सेयर मूल्य घट्दा १२२ कम्पनीको मूल्य बढेको छ भने २० कम्पनीको मूल्य स्थिर छ ।