अल्ट्राभोइलेटको एक्स-४७ क्रसओभर सार्वजनिक, मूल्य १० लाख ५० हजार

विज्ञापन
ncell

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभोइलेटको एक्स-४७ क्रसओभर मोटरसाइकल सार्वजनिक भएको छ । नेपालका लागि अल्ट्राभोइलेटको आधिकारीक वितरक वैद्य अर्गनाइजेसनले नेपाल भित्र्याएको नाइमा एक्स्पोमा लन्च भएको हो ।

यो मोटरसाइकल दैनिक राइडरहरू, रोमान्चक यात्रा मन पराउनेहरू र उत्साहीहरूका लागि इन्जिनियरिङ र निर्माण गरिएको छ । कम्पनीले नेपालमा अल्ट्राभोइलेटमा एफ-७७ को ओरिजिनल र एफ-७७ रिकन मोडलको बुकिङ भने यसअघि नै खुलाई सकेको छ ।

कम्पनीले एफ-७७ को ओरिजिनल मोडलको सुरुवाती मूल्य ८ लाख ११ हजार र एफ-७७ को रिकनको मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकेर बुकिङ खुलाएको थियो । एफ-७७ मोटरसाइकलमा १०.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । यसले एकपटकको फुलचार्जमा ३२३ किमी आइडीसी रेन्ज दिनेछ । यसमा ३० किलोवाटको इलेक्ट्रिक मोटर छ । जसले १०० न्युटन मिटर टर्क प्रदान गर्छ।

बाइकले मात्र २.८ सेकेन्डमा ० देखि ६० किमी प्रतिघण्टाको स्पिड भेटाउन सक्छ । यसको टप स्पिड १५५ किमी प्रतिघण्टा छ । यसमा रहेको ३९ लेभल ट्रयाक्सन कन्ट्रोल सिस्टमले विभिन्न सडक परिस्थितिहरूमा उत्कृष्ट पकड र स्थिरता सुनिश्चित गर्दछ । यसको मूल्य १० लाख ५० हजार रुपैयाँ तोकिएको छ । जसको मूल्य नाइमा पछी भने बढ्नेछ ।