नेपालमा संविधान, कानून छ भने निर्वाचन आयोगको निर्णय बदर हुन्छः सिटौला
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगले पार्टीमाथि गरेको निर्णय कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
सोमबार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु-काठमाडौंले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिटौलाले निर्वाचन आयोगको निर्णय बदर भई शेरबहादुर देउवा नेतृत्वको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति पुनः सक्रिय हुने दाबी गर्नुभएको हो ।
सिटौलाले आयोगको निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाए । नेपालमा संविधान र कानुनको सर्वोच्चता छ भने आफूहरुले न्याय पाउने बताए । निर्वाचन आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले बहुमतका आधारमा गरेको यो निर्णय त्रुटिपूर्ण रहेको बताए । आयोगको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले यसलाई मालपोत कार्यालयको उदाहरणसँग तुलना गरे ।
