सुकुम्बासीलाई पुर्जा वितरण तत्काल सुरु गर्न हर्क साम्पाङको माग

विज्ञापन
ncell

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि थप पीडा दिने कार्य गर्न नहुनेमा समेत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले सहकारीपीडितको बचत रकम तत्काल फिर्ता गर्न पनि माग गरे। उनले सहकारी वचत रकम अपचलनमा संलग्न व्यक्तिको जायजेथाबाट रकम असुल गरी पीडित बचत फिर्ता गर्नुपर्ने बताए । 

उनले सहकारी पीडितले फेरि पनि काठमाडौंको माइतीघरमा आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन समेत सरकारलाई सचेत गराए । अध्यग राई जनकपुरमा आफूहरू जाँदा श्रमदातामाथि कुटपिट तथा दुव्र्यवहार भएको दाबी गरे । उनले खाना पकाउने एलपी ग्यासको अभाव रहेको उल्लेख गर्दै यसतर्फ समेत सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए ।