सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्योः एमाले सांसद राई
काठमाडौं । नेकपा (एमाले)का सांसद मोहम्मद इस्तियाक राईले सरकार वाचा गरेभन्दा ठिक उल्टो बाटोतर्फ गइरहेको आरोप लगाएका । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सरकारले युवाहरुलाई विदेश पठाउने नभई स्वदेशमै रोजगारी दिने प्रतिवद्धता जनाएको भएपनि सरकार गठनपछि युवा विदेशिने क्रम झनै बढेको आरोप लगाए ।
उनले सरकारको सय दिनको अवधिमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या अघिल्ला सबै रेकर्ड तोड्ने गरी बढेको दाबी गरे ।
सरकारले विदेशिएका एक जना युवालाई समेत स्वदेश फर्काएर रोजगारी दिन नसकिएको उनको आरोप छ । उनले सरकारले सञ्चारमाध्यमलाई तर्साउने प्रयास गरेको आरोप पनि लगाए ।
उनले सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गरिरहेको आरोप पनि लगाए । उनले अस्पताल तथा स्वास्थ्य संस्थामा औषिधको हाहाकार तथा बजारमा ग्यासमा अभाव रहेकोप्रति सरकारको ध्यानाकर्षण समेत गरे । सरकारले विद्युत महशुलमा समेत कर लगाउँदा महँगी बढेको उनको तर्क छ ।
