कानुन बनाउँदा क्षेत्राधिकार स्पष्ट नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः अर्याल

विज्ञापन
ncell

कानूनको सुक्ष्म अध्ययन गरी अधिकार र कर्तव्यको स्पष्ट व्यवस्था नगरे आगामी दिनमा दुर्भाग्यपूर्ण परिस्थितिको सामना गर्नुपर्ने हुन सक्नेतर्फ नले समितिको ध्यानाकर्षण गराएकी छन् ।

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले आन्तरिक शान्ति सुरक्षाको मुख्य जिम्मेवारी नेपाल प्रहरीकै भएको उल्लेख गर्दै कानुन निर्माण गर्दा क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन हुनुपर्नेमा जोड दिएकी छन् । 

बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी अर्यालले विद्यमान कानुन र शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप आन्तरिक सुरक्षा कायम गर्ने प्राथमिक दायित्व नेपाल प्रहरीको भएको स्पष्ट पारिन् ।

उनले अपराध अनुसन्धान र पहिचानका क्षेत्रमा नेपाल प्रहरीको कार्यसम्पादन विश्वस्तरमै प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरी यस कार्यमा सबल र क्रियाशील रहेको बताइन् । विभिन्न निकायहरूबीच कार्यक्षेत्रमा देखिन सक्ने दोहोरोपना र त्यसले निम्त्याउन सक्ने शक्तिको टकरावप्रति सचेत गराइन् ।

अर्यालले कानुन निर्माणका क्रममा अधिकार र जिम्मेवारीको स्पष्ट बाँडफाँट नगरिए त्यसको नतिजा स्वरूप द्वन्द्व सिर्जना हुने खतरा औँल्याइन् ।  कानुनको सुक्ष्म अध्ययन गरी अधिकार र कर्तव्यको स्पष्ट व्यवस्था नगरे आगामी दिनमा दुर्भाग्यपूर्ण परिस्थितिको सामना गर्नुपर्ने हुन सक्नेतर्फ नले समितिको ध्यानाकर्षण गराएकी छन् । बिहीबारको बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल भएको हो ।