सरकार कसरी असफल भयो, कांग्रेसले दियो १५ बुँदे ब्रिफिङ

विज्ञापन
ncell

सरकारले निजी क्षेत्रलाई आतंकित बनाएकाले अर्थतन्त्रमा गम्भीर संकट आउँने दावी

जनताले नारा होइन, परिणाम खोजेका छन् । आश्वासन होइन, कार्यान्वयन खोजेका छन् । सरकारले राजनीतिक स्टन्टबाट आफ्नो बचाउ गर्ने होइन, पूर्ण पारदर्शिता र जवाफदेहिताबाट जनविश्वास पुनस्स्थापित गर्नुपर्छ । अन्यथा इतिहासले यस सरकारलाई समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा चित्रित गर्नेछ ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार पूर्णता असफल भएको दाबी गरेको छ । सरकार गठन भएको ४ महिना बित्दानबित्दै  प्रतिपक्षी कांग्रेसले सरकार सुशासन, पारदर्शिता र जवाफदेहिता का सवालमा पूर्णत असफल भएको निष्कर्ष निकालेको हो ।

बुधबार कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारविरूद्धको १५ बुँदे ब्रिफिङ गर्दै सरकार असफल भएको दाबी गरेका हुन् । ‘सबै तथ्यहरूले एउटै सत्य देखाउँछ, सरकार सुशासन, पारदर्शिता र जवाफदेहीतामा पूर्णरूपमा असफल भएको छ,’ उनले भने, ‘सरकारका कमजोरीले सरकारप्रति जनविश्वास निरन्तर खस्किएको छ ।’ प्रवक्ता चालिसेले भनेका छन्, ‘जनताले नारा होइन, परिणाम खोजेका छन् । आश्वासन होइन, कार्यान्वयन खोजेका छन् । सरकारले राजनीतिक स्टन्टबाट आफ्नो बचाउ गर्ने होइन, पूर्ण पारदर्शिता र जवाफदेहिताबाट जनविश्वास पुनस्स्थापित गर्नुपर्छ । अन्यथा इतिहासले यस सरकारलाई समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा चित्रित गर्नेछ ।’

लोकतन्त्रमा सत्ताको आडमा विपक्षीलाई तर्साउने, आलोचकलाई आतंकित बनाउने र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कार्य सर्वथा अस्वीकार्य रहेको कांग्रेसको भनाइ छ । कांग्रेसले प्रश्न सोध्ने जेनजी अभियन्तामाथि भएको आक्रमण र पक्राउको पनि विरोध गरेको छ । राहदानी खरिद प्रक्रियामा पारदर्शितामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीको सचिवालय, सल्लाहकार र सम्बन्धित कम्पनीबीचको सम्बन्धबारे सरकारले तथ्यसहित जवाफ दिनुपर्ने माग कांग्रेसले गरेको छ । राहदानी खरिद प्रकरण, प्रतिनिधिसभा नियमावली, भदौ २३–२४ का घटना, गृहमन्त्री विवाद, अभिव्यक्ति स्वतन्त्रता, सुकुम्बासी समस्या, किसानलाई मल अभाव, निजी क्षेत्रमा छापालगायत विषयमा पनि सरकारमाथि कांग्रेसले गम्भीर प्रश्न उठाएको छ ।


 यस्तो छ १५ बुँदे ब्रिफिङ:


प्रकाशन भएका दस्तावेजहरू

6a7309b512a2b_1785924021.pdf