स्मार्ट फिचरसहित याडियाका तीन नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक हुँदै

विज्ञापन
ncell

विद्युतीय दुईपांग्रे सवारी साधन ब्राण्ड ‘याडिया’ को नेपालका लागि आधिकारिक विक्रेता कुजु नेपाल प्रालिले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर सिरिज सार्वजनिक गर्न लागेको छ ।

काठमाडौं । विद्युतीय दुईपांग्रे सवारी साधन ब्राण्ड ‘याडिया’ को नेपालका लागि आधिकारिक विक्रेता कुजु नेपाल प्रालिले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर सिरिज सार्वजनिक गर्न लागेको छ । कम्पनीले याडियाका तीन नयाँ मोडलहरू जीएस७०, जीटी७० र जीटी८० नेपाली बजारमा ल्याउन लागेको हो ।

आधुनिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएका यी स्कुटरहरूमा अत्याधुनिक प्रविधि, उन्नत सुरक्षा प्रणाली, स्मार्ट कनेक्टिभिटी र उत्कृष्ट रेन्ज (यात्रा दूरी) समावेश गरिएको कम्पनीले जनाएको छ।

यी नयाँ मोडलहरूले नेपालमा स्मार्ट, दिगो र भरपर्दो विद्युतीय यातायातलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको कुजु नेपालका नेपालले जनाएको छ । दैनिक सहरी आवातजावत गर्नेदेखि लामो दूरीको यात्रा गर्ने र उच्च प्रदर्शन खोज्ने ग्राहकहरूका लागि यी स्कुटरहरू उपयुक्त हुने दाबी गरिएको छ।

यी तीनै मोडलको विस्तृत प्राविधिक विशेषता, बजार मूल्य, उपलब्धता र विशेष लन्च अफरहरू आगामी ६ अगस्ट २०२६ मा आयोजना हुने औपचारिक लन्च कार्यक्रममार्फत सार्वजनिक गरिने कम्पनीले बताएको छ । वातावरणमैत्री र किफायती यातायातको साधन खोजिरहेका नेपाली ग्राहकहरूका लागि याडियाका यी नयाँ सिरिजहरू एक उत्कृष्ट विकल्प बन्ने विश्वास लिइएको छ ।