सरकारी निकायमाथि निगरानी र अनुगमन प्रभावकारी बनाउन सरकारलाई आग्रह

विज्ञापन
ncell

काठमाडौं । सांसद श्रद्धा कुवर क्षेत्रीले सरकारी अस्पतालहरूमा रेबिजविरुद्धको खोप अभाव भएपछि सर्वसाधारणले सास्ती खेपिरहेको बताएकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद क्षेत्रीले निःशुल्क उपलब्ध हुनुपर्ने खोप नपाएपछि बिरामीहरू निजी क्लिनिक र फार्मेसीमा महँगो मूल्य तिरेर खोप लगाउन बाध्य भएको गुनासो बढ्दै गएको बताएकी हुन्। 

यस्तै, क्यान्सरका बिरामीहरूले अत्यावश्यक औषधिको अभावका कारण उपचारमा कठिनाइ भोग्नुपरेको भन्दै सरकारको तयारी र औषधि आपूर्ति व्यवस्थामाथि प्रश्न उठाएकी छन्।उता, बजारमा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएको भन्दै कृत्रिम अभाव सिर्जना गरिएको हो कि भन्ने आशंका व्यक्त गर्न थालेको समेत उनले बताइन्। ग्यासको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने सरकारी निकायमाथि पनि निगरानी र अनुगमन प्रभावकारी बनाउन सरकारलाई आग्रह गरिन् ।