प्रभु बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्त पक्राउ

विज्ञापन
ncell

उनी लामो समयदेखि फरार रहेको बताइएपछि अहिले पक्राउ परेकी हुन् ।

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंक लिमिटेडकी चिफ बिजनेश अफिसर रश्मी पन्त पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पन्तलाई बुधबार पक्राउ गरी अदालतको अनुमति लिएर हिरासतमा राखेको छ ।

उनी लामो समयदेखि फरार रहेको बताइएपछि अहिले पक्राउ परेकी हुन् । सीआईबीले रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको करिब ४८ करोड रुपैयाँ कर्जामा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको छ । उक्त कम्पनीका अध्यक्ष शशि पौडेललाई सिआइबीले असार ३० गते पक्राउ गरेको थियो।