जीवन बीमा कम्पनीद्वारा जेठसम्म १ खर्ब ७३ अर्ब बीमाशुल्क संकलन, नेपाल लाइफ अग्रस्थानमा
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार यस अवधिसम्ममा कम्पनीहरुले १ करोड १७ लाख ३७ हजार २९८ वटा बीमा पोलिसी बिक्री गरी कुल १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
काठमाडौं । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नाफा बढेको छ । कम्पनीहरुले चालु आर्थिक वर्षको जेठसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ७३ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार यस अवधिसम्ममा कम्पनीहरुले १ करोड १७ लाख ३७ हजार २९८ वटा बीमा पोलिसी बिक्री गरी कुल १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । जुन गत वर्षको तुलनामा बढी हो । बीमा कम्पनीहरुले गत वर्ष २०८१/८२ को जेठसम्म १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख कुल बीमा शुल्क आर्जन गरेका थिए ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इनस्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस्तै, बढी बीमा शुल्क संकलन गर्नेको दोस्रो नम्बरमा रहेको नेशनल लाइफले जेठसम्म २२ अर्ब २१ करोड १६ लाख कुल बीमा शुल्क संकलन गरेको छ ।
यसैगरी, जेठसम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेसन ९एलआईसी नेपाल०ले १८ अर्ब ४८ करोड ३५ लाख, हिमालयन लाइफले १५ अर्ब ७९ करोड ४३ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले १० अर्ब ६२ करोड १० लाख, सूर्यज्योति लाइफले १० अर्ब ५२ करोड ५० लाख, एसियन लाइफले ८ अर्ब ५१ करोड ७१ लाख र सिटिजन लाइफले ७ अर्ब ५९ करोड ५६ लाख कुल बीमा शुल्क संकलन गरेका छन् ।
त्यस्तै, जेठसम्म सानिमा रिलायन्स लाइफले ६ अर्ब ६४ करोड ४२ लाख, आइएमई लाइफले ६ अर्ब १७ करोड ५९ लाख, मेट लाइफले ६ अर्ब १० करोड ६५ लाख, रिलायबल नेपाल लाइफले ५ अर्ब ४१ करोड ७ लाख, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब २२ करोड ३३ लाख र सन नेपाल लाइफले ३ अर्ब ८३ करोड ५८ लाख बीमा शुल्क संकलन गरेको छ ।