बैंकहरूले कमाए १० महिनामा साँढे ५६ अर्ब, कुमारीले नाफामा छलाङ मार्दा कसको कति ?

टपमा नबिल रहँदा पुछारमा एनआईसी एसिया

यसअवधिमा नबिल र कुमारीसँगै राष्ट्रिय वाणिज्य बैंक, सानिमा, माछापुच्छ्रे, प्राइम कमर्सियल, सिटिजन्स, नेपाल एसबिआई, एनएमबि, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज र स्ट्याण्डर्ड चार्टर्ड बैंकले नाफा बढाएका छन् । पनि नाफा वृद्धि गरेका छन् ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को वैशाखसम्म वाणिज्य बैंकहरुले ५६ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत वर्षको यही अवधिको ४७ अर्ब ७९ करोड रुपैयाँको तुलनामा १८.१६ प्रतिशतले बढी हो । गत वर्षको भन्दा चालू वर्षको १० महिनामा ७ बैंक नाफा घटेको छ भने १३ को बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको 'बैंकिङ एण्ड फाइनान्सियल स्टाटिष्टिक्स' अनुसार १० महिना अवधीमामा सबैभन्दा धेरै नाफा कुमारी बैंकको बढेको छ । गत वर्षको तुलनामा ८३३ प्रतिशतले बढेर कुमारीको नाफा ४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा पनि सबैभन्दा बढी नाफा कमाउने बैंकमा भने नबिल छ । नबिलले वैशाखसम्म ७ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

यसअवधिमा नबिल र कुमारीसँगै राष्ट्रिय वाणिज्य बैंक, सानिमा, माछापुच्छ्रे, प्राइम कमर्सियल, सिटिजन्स, नेपाल एसबिआई, एनएमबि, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज र स्ट्याण्डर्ड चार्टर्ड बैंकले नाफा बढाएका छन् । पनि नाफा वृद्धि गरेका छन् । यसअवधिमा सबैभन्दा नाफा घट्ने बैंकको सूचीमा प्रभू रहेको छ । प्रभूको नाफा ४१.७० प्रतिशतले घटेको छ । त्यसैगरि एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंकको नाफामा पनि गिरावट आएको छ ।


कुन बैंकको नाफा कति ? (रकम रु. १० लाखमा)

बैंकको नाम २०८३ वैशाख २०८२ वैशाख वृद्धि (%)

नबिल बैंक ७६६१.६८ ५६०३.९१ ३६.८६

ग्लोबल आइएमई बैंक ५१९१.०७ ५३५५.५१ (३.०४)

कुमारी बैंक ४४१६.१६ ४८१.१४ ८८३.०९

एनआईएमबि ३८०३.२७ ५०२०.६३ (२४.२५)

प्राइम कमर्सियल बैंक ३४०६.७७ २५८५.५९ ३१.७३

राष्ट्रिय वाणिज्य बैंक ३२५५.३७ १७९०.४३ ८१.६३

एनएमबि बैंक ३१४८.७ २६३५.४१ १९.३२

एभरेष्ट बैंक ३०७१.२१ ३१०३.३० (५.१७)

नेपाल बैंक २९८५.०९ ३२८८.७७ (९.१४)

सानिमा बैंक २६८७.११ १८७०.२० ४३.६६

लक्ष्मी सनराइज बैंक २४९१.६१ २१५६.५४ १४.१४

सिद्धार्थ बैंक २३८६.१३ २०९१.१६ १८.९८

स्ट्यान्डर्ड चार्टर्ड बैंक २३५६.२६ २३४६.४२ ०.४१

माछापुच्छ्रे बैंक १८९१.११ १३१३.५३ ४३.२१

नेपाल एसबिआई बैंक १६५०.५५ १३६२.०७ २१.५९

कृषि विकास बैंक १५९६.२३ १७३२.८० (८.६९)

सिटिजन्स बैंक १४९९.०६ ११८१.५१ २६.८७

प्रभु बैंक ११६६.७९ २००१.४० (४१.७०)

हिमालयन बैंक ८०२.८४ ६८३.४४ १७.४७

एनआईसी एशिया बैंक ३३२.९६ ४७८.७० (३०.४०)

जम्मा ५६४७५.०३ ४७७९.७४ १८.१६