परराष्ट्रमन्त्रीद्धारा भारतसँगको उच्चस्तरीय भ्रमण खुलेको दावी, नयाँ दिल्लीसँग के-के भयो छलफल ?
दुई देशबीच औपचारिक उच्चस्तरीय भ्रमणहरू नभएको झण्डै दुई वर्ष भइसकेको थियो । मेरो भ्रमणमार्फत उच्चस्तरीय औपचारिक भ्रमणको सुरुवात भएको छ । अबका केही महिनाहरूमा यताबाट पनि उताबाट पनि उच्चस्तरीय भ्रमणहरूको अपेक्षा राख्न सक्छौँ ।
काठमाडौं । तीन दिने भारत भ्रमण सकेर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश आईतबार फर्किएका छन् । भारतीय विदेशमन्क्री डा. एस जयशंकरको निमन्त्रणामा खनाल शुत्रबार भारत भ्रमणमा गएका थिए ।
भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय विदेश मन्त्रालयको प्रतिनिधिमण्डलसँग शनिबार भेटघाट तथा छलफल गरेको थियो । शनिबारको छलफल र अवको रणनीतिबारे परराष्ट्रमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ बेलीविस्तार लगाए । केही समयदेखी रोकिएको द्वीपक्षीय उच्चस्तरीय भ्रमणहरू खुलेको दावी गर्दै परराष्ट्रमन्त्री खनालले अबका केही महिनामा दुवै देशका तर्फबाट उच्चस्तरीय भ्रमण हुनसक्ने संकेत गरे । ‘दुई देशबीच औपचारिक उच्चस्तरीय भ्रमणहरू नभएको झण्डै दुई वर्ष भइसकेको थियो । मेरो भ्रमणमार्फत उच्चस्तरीय औपचारिक भ्रमणको सुरुवात भएको छ । अबका केही महिनाहरूमा यताबाट पनि उताबाट पनि उच्चस्तरीय भ्रमणहरूको अपेक्षा राख्न सक्छौँ’ खनालले भने ।
भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल भन्छन्,
-दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल भारत दुईपक्षीय सम्बन्धका सम्पूर्ण पक्षमा व्यापक तथा उपलब्धिमूलक छलफल भयो ।
- वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटि, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, खेलकुद लगायत जनस्तरीय सम्बन्ध अभिवृद्धि लगायतका विषयमा ठोस छलफल भयो ।
- दुवै पक्षमा दुईपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरियो ।
- क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा समेत विचार आदनप्रदान गरियो ।
- दुईपक्षीय परियोजना तथा सहकार्यका पहलहरूको प्रगतिको समीक्षा गर्नुको साथै तीनलाई थप प्रभावकारी बनाउने उपायबारे महत्वपूर्ण छलफल भयो
परराष्ट्रमन्त्री खनाल भारत भ्रणमा रहँदा तीनवटा विषयमा दुबै पक्षले संयुक्त घोषणा जारी गरेको छ ।
- जुन २०३० मा हस्ताक्षर गरिएको एनसीएचएल र एनपीसीआईबीचको समझदारीपत्र अन्तर्गत अन्तदेशीय भुक्तानी (पीटूपी) सञ्चालनको सहमति भएको छ । यसमार्फत नेपाल र भारतमा सहज ढंगबाट डिजिटल माध्यमबाट रेमिट्यान्स आदनप्रदान गर्न सकिन्छ ।
- भारतको विकास सहयोगमा नेपालमा भूकम्पपछि पुनर्निमाण गरिएका परियोजनाको भर्चुअल हस्तान्तरण गरिएको छ ।
- भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधारको सहनिर्माणका लागि काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, डिजिटल पब्लिक इन्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टिलिजेन्स सेन्टर र डिजिटल इन्डियाबीच भाषिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।