माछापुच्छ्रे बैंकको ‘८.२५% माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नेप्सेमा सूचीकृत

बैंकले जारी गरेको १०० अंकित दरका कुल ३ करोड कित्ता ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जेठ १९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

काठमाडौं । माछापुच्छ्रे् बैंकको ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नेप्सेमा सूचीकृत भएको छ । बैंकले जारी गरेको १०० अंकित दरका कुल ३ करोड कित्ता ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जेठ १९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

निष्काशित सेयरको कुल मूल्य ३ अर्ब रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकृत अग्राधिकार सेयर जेठ २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको छ ।