भुक्तानी कार्य गर्ने संस्थाहरुलाई थपियो मापदण्ड, बुझाउनुपर्नेछ यी १० विवरण

चुक्ता पुँजीको ५ प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको सेयर वा पुँजी लगानी वा खरिद गर्दा, सूचक संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद वा तहमा नियुक्ती वा मनोनयन गर्दा, ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढीको सेयर वा पुँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदा सर्तबमोजिमका विभिन्न १० प्रकारका विवरण राष्ट्र बैंकमा जानकारी गराउनुपर्ने छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्वन्धी कार्य गर्ने संस्थाहरुले पालना गर्नुपर्ने नियमहरुमा थप कडाई गरेको छ । केन्द्रिय बैंकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०८२ मा संशोधनर थप गर्दै उपयुक्तताको मापन सम्वन्धी मापदण्ड तोकेर पालना गर्नुपर्ने सर्तहरु थपेको हो ।

राष्ट्र बैंकले भुक्तानी सम्वन्धी कार्य गर्ने संस्थाको सञ्चालन, व्यवस्थापन वा काम कारवाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वामित्व हुने, नियन्त्रण गर्ने वा सहभागी हुने वा सोको वास्तविक धनी वा हिताधिकारीका वित्तीय गैरकानूनी आर्जन वा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आपराधिक संलग्नता सम्वन्धमा तोकिएका व्यक्तिहरुले तोकिएका सर्तहरु पुरा गर्नुपर्ने व्यवस्था गरेको हो ।

चुक्ता पुँजीको ५ प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको सेयर वा पुँजी लगानी वा खरिद गर्दा, सूचक संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद वा तहमा नियुक्ती वा मनोनयन गर्दा, ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढीको सेयर वा पुँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदा सर्तबमोजिमका विभिन्न १० प्रकारका विवरण राष्ट्र बैंकमा जानकारी गराउनुपर्ने छ ।

यस्ता छन्, राष्ट्र बैंकमा बुझाउनुपर्ने विवरण

प्रकाशन भएका दस्तावेजहरू

6a1eab1cefc9c_1780394780.pdf