धितोपत्र बोर्डले आज अध्यक्ष पाउला ?, प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार (जेठ १९) दिउँसो १२ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठक सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति गर्ने सम्भावना छ । बजेट घोषणा अघि नै बोर्ड अध्यक्ष नियुक्ती हुने चर्चा थियो । तर, त्यतिबेला समय कम भएको भन्दै अध्यक्ष नियुक्तीलाई प्राथमिकता दिइएको थिए । 

खासगरि अध्यक्ष नियुक्तीका लागि सिफारिस भएको व्यक्तिहरुका विषयमा प्रधानमन्त्री र अन्यबीच विवाद भएको बताइन्छ । अर्थ मन्त्रालय अन्तर्गतको छनौट समितिलेबोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट सिफारिस गरेको बताइन्छ ।

त्यसअघि आह्वान गरिएको आवेदनमा विभिन्न क्षेत्रका ४७ जनाले आवेदन दिएका थिए । छनौट समितिमा आचार्य, क्षेत्री भट्टसहित बोर्ड पूर्वकार्यकारी निर्देशक डा.नबराज अधिकारीको नाम ‘सर्ट लिस्ट’ गरेको थियो । अन्तर्वार्तापछि सिफारिस भएको नामहरुमा विवाद भएको चर्चा छ । आजको मन्त्रिपरिषद्ले बोर्ड अध्यक्ष नियुक्ती नगरेमा केही न केही समयस्या छ भन्ने सन्देश जाने छ ।