सुदुरपश्चिमको नीति तथा कार्यक्रमः लगानी तथा विकास सम्मेलन गर्ने, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

हालसम्म सडक सञ्जालसँग नजोडिएका साइपाल गाउँपालिका, अपिहिमाल गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने लक्ष्य पनि नीति तथा कार्यक्रमले लिएको छ ।

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम सार्वजसनक गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश प्रमुख नाजिर मियाँले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार तथा गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राखिएको छ । प्रदेश गौरवका आयोजनालाई आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको सरकारले तदनुरुप नै आवश्यक बजेट विनियोजन गर्ने उल्लेख छ ।

प्रदेश सरकारले गरिबी न्यूनीकरणलाई विशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि ढकारी गाउँपालिका, कमलबजार नगरपालिका, शिखर नगरपालिका, त्रिवेणी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका लक्षित कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षा, स्वास्थ्य र पोषणसँग जोडेर ती क्षेत्रमा सघन रूपमा गरिबी न्यूनीकरण कार्यक्रम लागू गरिने सरकारी योजना छ ।

हालसम्म सडक सञ्जालसँग नजोडिएका साइपाल गाउँपालिका, अपिहिमाल गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने लक्ष्य पनि नीति तथा कार्यक्रमले लिएको छ ।

उत्पादन, उद्यमशीलता र सीप विकाससँग सम्बन्धित कार्यक्रममार्फत युवालाई प्रदेशमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखेको प्रदेश सरकारले युवा पलायन रोक्न आवश्यक पहल गर्ने नीति अख्तियार गरेको छ । 

प्रदेशमा लगानीकर्तालाई आकषिर््त गर्न सरोकारवालाहरूसँगको सहकार्य र समन्वयमा प्रदेश लगानी तथा विकास सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश प्रमुख स्टार्टअप कार्यक्रम, कृषि आर्थिक पहुँच मार्ग, एक घर एक धारा, जनता आवास कार्यक्रम, मुख्यमन्त्री लघु ऊद्यम कार्यक्रम, एक स्थानीय तह, एक लघु औद्योगिक कार्यत्रमजस्ता कार्यक्रमहरु पनि सञ्चालन गर्ने भएको छ ।

यस्तो सुदुरपश्चिम प्रदेशको नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रकाशन भएका दस्तावेजहरू

6a1d870c5a59a_1780320012.pdf