अर्थमन्त्री र सामाजिक सञ्जालमा बजेटको जति सुकै बखान गरे पनि लगानीकर्ताहरु भए निराश, २६.७२ अंकले घट्यो बजार
सोमबार सेयर बजार सुचक नेप्से २६.७२ अंकले घटेर २७५५.७२ बिन्दुमा रोकिएको छ । आज ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौं । सोमबार सेयर बजार सुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.७२ अंकले घटेर २७५५.७२ बिन्दुमा रोकिएको छ । आगामि आर्थिक वर्ष २०८३ /८४ को बजेट ( सरकार को आय व्यायको वार्षिक विवरण) पछि खुलेको पहिलो कारोबार दिनमा लगानिकर्ताले निराशा व्यक्त गरेका हुन् । बजेट पछि आउने पहिलो कारोबारको दिनले बजेट प्रति लगानिकर्ताको धारणा कस्तो छ भन्ने सकेतका रुपमा लिने गरिन्छ ।
दुई तिहाइ नजिकको बहुमतको सरकारले ल्याएको बजेटलाई पहिलो दिनमा नै अस्विकार गरेका छन् । बजेट राम्रो ल्याएको र पुँजी बजारका लागि राम्रा विषयहरु समेटिएको भनेर अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न फोरमहरु मार्फत र उनका सर्मथकहरुले जति सुकै बचाउ गरे पनि लगानिकर्ताहरुले भने असन्तुष्टि जनाएका हुन् । नियमित कारोबार सुरु हुनु अघि प्रि ओपन सेसनमा झिनो सुधारको आशा देखाएको बजार अन्तत घटेर बन्द भएको छ । बजार घटेपछि बढ्छ बढेपछि घट्छ तर बजेट मौद्रिक निति र अर्थवार्षिक तथा त्रैमासिक समिक्षा र राजनितक परिवर्तन भए पछिको पहिलो कारोबार दिनले तत विषयलाई सकारात्मक वा नकारात्मक रुपमा लिएको सकेतका रुपमा लिने गरिन्छ । यो शाश्वत सत्य नभए पनि पहिलो दिनको कारोबारले फेरिएको माहोललाई कसरी ग्रहण गर्यो भन्ने बुझ्न सकिन्छ । यसअघि बालेन्द्र शाह नेतृत्वमा सरकार बन्दा पनि सेयर बजारले रातो झण्डा देखाएको थियो । ठिक त्यही सकेत आजको कारोबारले देखाएको छ । अर्थात लाानिकर्ताले सेयर बजार प्रति सरकारले लिएको नितिलाई गलत रुपमा बुझेका छन् ।
बजेटमा सेयर कारोबारबाट आउने पुँजीगत लाभकरलाई अन्तिम मान्ने घोषणा गरेको थियो भने लाभकरमा अल्पकालमा ५० प्रतिशत अर्थात ५ प्रतिशतबाट ७.५ प्रतिशत र दिर्घकालमा ७.५ प्रतिशतामा रहेको करको दरलाई १० प्रतिशत बनाएको थियो । त्यस्तै उच्च मूल्य भएका राष्ट्र्रिय बीमा कम्पनी बिशाल बजार कम्पनी र नेपाल टेलिकम जस्ता कम्पनीका सेयर सर्वसाधारलाई विनिवेश गनेए घोषणाले अन्तत सेयर बजारलाई घटाउन मद्धत गरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । गत बुधबार भने ६ अर्ब ३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
नेप्से घटेपनि आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कालिञ्चोक हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबारमा आएको बुंगल हाइड्रोको सेयरमूल्य सर्वाधिक १३.२० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।