इन्धन भण्डारण र एआई फ्याक्ट्रिमा लगानी गर्न ‘मातृभूमि कोष’

उनले विदेशी ऋण वा लगानीमा हुने आयोजनामा विनिमय जोखिम न्यूनिकरण गर्न अगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाइएको समेत बताए ।

काठमाडौं । सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्रिलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने भएको छ । 

शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । उनले विदेशी ऋण वा लगानीमा हुने आयोजनामा विनिमय जोखिम न्यूनिकरण गर्न अगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाइएको समेत बताए । उनले क्रेडिट रेटिङमा सुधार हुनेगरी अनुकुल आर्थिक वातावरण सिर्जना गरिने समेत बताए । उनले नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो हटाउने घोषणा समेत गरे ।  

उनले राष्ट्रिय वाणिज्य बैंकमा राज्यको पूँजी वृद्धि गर्ने प्रश्ताव समेत सरकारले अघि सारेको बताए ।