नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणमा विक्री गरिने, वाणिज्य बैंकको पुँजी वृद्धि गर्ने
आज आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्रीले यसेयर विक्रीबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने बताए ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा विक्री गरिने घोषणा गरेका छन् । ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र विक्री गरिने उनले बताए ।
आज आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्रीले यसेयर विक्रीबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने बताए ।
त्यस्तै, अर्थमन्त्री वाग्लेले राष्ट्रिय वाणिज्य बैंकमा सरकारले पुँजी वृद्धि गर्ने बताए ।