३६० प्रकारका अन्तशुल्क खारेज, भन्सार दरको तह घटाइयो

अर्थमन्त्री वाग्लेले २७३ वस्तुको भन्सार दर घटाइएको र भन्सार विन्दुमा संकलन हुने छरिएका करहरूलाई एकीकृत हरित करमा रुपान्तरण गरिएको बताए

काठमाडौं । सरकारले ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले व्यापक मात्रामा कर सुधार योजना सारेको घोषणा गरेका छन् । उनले हाल ११ तहमा रहेको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरेको बताए । अर्थमन्त्री वाग्लेले २७३ वस्तुको भन्सार दर घटाइएको र भन्सार विन्दुमा संकलन हुने छरिएका करहरूलाई एकीकृत हरित करमा रुपान्तरण गरिएको बताए । अर्थमन्त्री वाग्लेकाअनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुल एक तह घटाइएको छ ।