दिपक भट्टसँग जोडिएका ५६ जनाको सेयर रोक्का गर्न सीआईबीको पत्र, को-को डामिए ? (नामावलीसहित)
सीआईवीले बोर्डलाई लेखेको पत्रमा प्रतिवादी दीपक भट्ट समेतको धितोपध सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानको सिलसिलामा थप ५६ जनाको धितोपत्र बजारमा भएको लगानी सम्बन्धी विवरण खुलाई पठाउन र त्यस्तो लगानी रोक्का राख्न भनेको छ ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५६ जना व्यक्तिहरुको सेयर रोक्का राखेर विवरण पठाउन नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ । सीआईबीले जेठ ११ गते लेखेको पत्रमा हिमालयन रिइन्स्योरेन्सका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ), मर्चेन्ट बैंकरका सञ्चालक, लघुबीमाका सञ्चालकहरुको सेयर रोक्का राख्न भनिएको छ ।
सीआईबीको पत्र आएलगत्तै धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएससी एण्ड क्लियरिङ र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) र अन्य सरोकारवाला निकायसँग विवरण मागेको बताइएको छ । सीआईवीले बोर्डलाई लेखेको पत्रमा प्रतिवादी दीपक भट्ट समेतको धितोपध सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानको सिलसिलामा थप ५६ जनाको धितोपत्र बजारमा भएको लगानी सम्बन्धी विवरण खुलाई पठाउन र त्यस्तो लगानी रोक्का राख्न भनेको छ ।
सीईआबीले सेयर रोक्का राखेर विवरण मागेका व्यक्तिहरुमा हिमालयन रि-इन्स्योरेन्सको सीईओ उपासना पौडेल, सञ्चालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला, लगानी समितिको सदस्य मनिष कुमार, हिमालयन सेक्युरिटी बैंकरका सञ्चालक सिताराम वाग्ले, आकांक्षा गुप्ता, नेपाल माइक्रो इन्स्योरेन्सको सीईओ सिद्धान्त झुनझुनवाला, सञ्चालकहरु लतिका गोल्यान, बद्री सिदेल, प्रविना दाहाल (लगानी समिति अध्यक्ष), लगानी समिति सदस्य सुजल मल्ल छन् ।
त्यस्तै क्यापसर्भका अध्यक्ष शिशिर गैह्रे, हिमालयन इन्भेष्टमेन्ट बैंकरका अध्यक्ष कपिल कुमार दाहाल, सञ्चालक बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानङ्ग, राजन प्रसाद अधिकारी, लगानी सदस्य सुभाष पौडेल, शालिनी संघई, प्रतिक जोशी रहेका छन् । त्यसैगरि क्रेष्ट माइक्रो इन्स्योरेन्सका सञ्चालक विदुर पुरी, गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सका सञ्चालकहरु डा. जयप्रकाश जैसवाल, उद्धवनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी छन् ।
यस्तै गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारी, नायव सीइओ ज्योतिप्रकाश पाण्डे, समिर खरेल, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको अध्यक्ष किर्तिका अग्रवाल, सञ्चालक तथा लगानी समिति संयोजक दिनेश सरिया, हिमालयन लाईफ इन्स्योरेन्सका सञ्चालक विवेक कुमार शाह, लक्ष्मण ज्ञवाली, राजिव प्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला के.सी. र सञ्चालक दिगम्बर झा छन् । झा नेपाल दुरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष समेत हुन् ।