स्नो रिभर्सको आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता सेयर
कम्पनीको आईपीओमा ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन् ।
काठमाडौं । स्नो रिभर्स लिमिटेडको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले स्नो रिभर्सको आईपीओ आज मंगलबार बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा २६ लाख १ हजार ८ सय ४८ जनाको आवेदन परेको थियो । त्समध्ये २५ लाख ५७ हजार ८ सय ५५ जनाको आवेदन मात्र योग्य भएको विक्री प्रवन्धकले जानकारी दिएको छ । कम्पनीको आईपीओमा ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन् ।
कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता सेयर विक्री गरेको थियो ।