सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त

जेठ १० गते बसेको बैंक सञ्चालक समिति बैठकले केसीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेश कुमार केसी नियुक्त भएका छन् । जेठ १० गते बसेको बैंक सञ्चालक समिति बैठकले केसीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । केसी आज अर्थात् जेठ ११ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त भएका हुन् भने उनको कार्यकाल ४ वर्षको हुनेछ ।

 यसअघि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) का रूपमा कार्यरत केसीसँग बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा बढीको अनुभव रहेको छ । उनले कार्यकारी तहमा सात वर्षभन्दा बढी समय काम गरिसकेका छन् ।