जेठ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै एभरेष्ट कलर
एभरेष्ट कलरले सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर छुट्याएको छ । जेठ २२ गतेदेखि आईपीओ निष्काशन गर्दै एभरेष्ट कलर
काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि जेठ २२ गतेदेखि प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारलाई सेयर निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई वितरण गर्न लागेको हो ।
एभरेष्ट कलरले सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले जेठ २७ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्म लम्बिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।
आइपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।