राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा परितोष पौड्याल निर्वाचित

पौड्यालले बागमतीमा ५८५, कोशीमा ३४४, गण्डकीमा ३२४, लुम्बिनीमा २५३, मधेसमा १४२, कर्णालीमा १०७ र सुदूरपश्चिममा ७२ मत पाए । निर्वाचनमा ३ हजार ३९४ मत खसेको थियो ।

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल निर्वाचित भएका छन् । 

शनिवार भएको निर्वाचनमा रामशरण शर्मा घिमिरेलाई पराजित गर्दै पौड्याल विजयी भएका हुन् । पौड्यालले १ हजार ८२७ मत प्राप्त गरे भने प्रतिस्पर्धी शर्माले १ हजार ५५२ मत प्राप्त गरे ।

पौड्यालले बागमतीमा ५८५, कोशीमा ३४४, गण्डकीमा ३२४, लुम्बिनीमा २५३, मधेसमा १४२, कर्णालीमा १०७ र सुदूरपश्चिममा ७२ मत पाए । निर्वाचनमा ३ हजार ३९४ मत खसेको थियो ।