सूचना तथा सञ्चार मन्त्रालयको कमजोर पुँजीगत खर्चमाथि महाविर पुनको व्यङ्ग्य: 'हाकिमहरू साह्रै मिहिनेती रहेछन्'
सांसद पुनले मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरिएको कुल पुँजीगत खर्चको जम्मा १०.६१ प्रतिशत मात्र खर्च गर्न सकेको तथ्यांक सार्वजनिक गरेका छन् ।
काठमाडौं । स्वतन्त्र सांसद महाविर पुनले सरकारको विकास खर्च (पुँजीगत खर्च) गर्ने फितलो क्षमतामाथि कडा व्यङ्ग्य गरेका छन् । चालु आर्थिक वर्षको ठूलो समय बितिसक्दा पनि सूचना तथा सञ्चार प्रविआक्रोशपूर्ण व्यङ्ग्य गरेका हुन् । सांसद एवं सामाजिक अभियन्ता पुनले मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरिएको कुल पुँजीगत खर्चको जम्मा १०.६१ प्रतिशत मात्र खर्च गर्न सकेको तथ्यांक सार्वजनिक गरेका छन् ।
फेसबुकमा मन्त्रालयको कार्यशैलीप्रति तिखो प्रहार गर्दै उनले लेखेका छन् :
"सूचना तथा सञ्चार मन्त्रालयले अहिले चलिरहेको आर्थिक वर्षमा छुट्याएको पुँजीगत खर्चको जम्मा १०.६१ प्रतिशत मात्र खर्च गरेछ। सो मन्त्रालयको हाकिमहरू ता साह्रै मिहिनेती रहेछन् । बिचराहरूले त्यति धेरै १०.६१ प्रतिशत पैसा खर्च गर्न कति मिहिनेत र दुख गरे होलान् ।"
आफ्नो पोस्टको अन्त्यमा उनले कसैलाई व्यक्तिगत रिसराग नराख्न आग्रह गर्दै देशको वास्तविक अवस्थालाई ऐना देखाएको प्रस्ट पारेका छन् । उनले थप लेखेका छन्, "साथीहरू कसैले रीस र दुख नमन्नु होला । भएकै कुरा नढाँटीकन भनेको हो ।"