१० महिनामा ८६०७ ईभी आयात, सरकारले दर्ता बन्द गर्दा कस्तो असर पर्ला ?
सरकारले बिहीबारदेखी लागू हुने देशैभर सार्वजनिक सवारी साधन दर्तामा रोक लगाएको छ । यसले आगामी दिन सवारी आयातमा समेत गम्भिर असर गर्ने र त्यसले सरकारी राजस्वमा समेत दबाब पार्ने सम्भावना बढी छ ।
काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म २० अर्ब ३२ करोड ५९ लाख ८८ हजार रुपियाँ बराबरको विद्युतीय सवारी साधन (ईभी) आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको वैशाखसम्मको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२-८३ को वैशाखसम्ममा ८ हजार ६०७ ईभी भित्रिएका छन् । १० महिनामा ईभी आयातबाट सरकारले १२ अर्ब ४३ करोड ३७ लाख ३६ हजार रुपियाँबराबरको राजश्व उठाएको छ । यसअवधिमा ५१ देखि १०० किलोवाट क्षमताका ईभी सबै भन्दा धेरै भित्रिएका छन् । विभागको बिवरणअनुसार वैशाखसम्म ५० किलोवाटको अन-एसेम्बल गरिएको २ वटा ईभी आयात भएको छ । त्यस्तै ५० किलोवाटका २८ सय ४८, ५१ देखि १०० किलोवाटका ५ हजार २५, १०१ देखि २०० किलोवाटका ७२३ र २०१ देखि ३०० किलोवाट क्षमताका ९ वटा ईभी आयात भएको छ । गाडी आएका छन् ।
त्यसैगरी, वैशाखसम्म ८९ करोड ४५ लाख ३० हजार रुपैयाँबराबरको ७ हजार ७८५ वटा तीन पाङ्ग्रे ईभीतर्फ तीन पाङ्ग्रे ईभी भित्रिएको भन्सारको तथ्याङ्कमा देखिन्छ । यसअवधिमा ९३ करोड ६६ लाख १४ हजार रुपैयाँको ९ हजार ११ वटा अन-एसेम्बल तीन पाङ्ग्रे ईभी नेपाल भित्रिएका छन् ।
सरकारले बिहीबारदेखी लागू हुने देशैभर सार्वजनिक सवारी साधन दर्तामा रोक लगाएको छ । यसले आगामी दिन सवारी आयातमा समेत गम्भिर असर गर्ने र त्यसले सरकारी राजस्वमा समेत दबाब पार्ने सम्भावना बढी छ ।