महासंघ कार्यकारिणी सदस्यमा ६ जना मनोनित, बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन आज
बरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, सुरकृष्ण वैद्य र हेमराज ढकाल तथा कोषाध्यक्षमा अम्बिका पौडेल र मनिषलाल प्रधानले प्रतिस्पर्धाबीच प्रतिस्पर्धा हुने भएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा ६ जना मनोनित भएका छन् ।
महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले शिवप्रसाद घिमिरे, मनिषलाल प्रधान, नविन रिजाल, सहारा जोशी, गोकर्ण कार्की र दर्शना श्रेष्ठलाई कार्यकारिणी सदस्यमा मनोनयन गरेका हुन् । घिमिरे यसअघि उपाध्यक्षमा पराजित भएका थिए ।
महासंघमा आजै बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको लागि निर्वाचन हुने तालिका छ । बरिष्ठ उपाध्यक्षमा तीन जना र कोषाध्यक्षमा दुईजनाले प्रतिस्पर्धा गर्ने छन् । बरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, सुरकृष्ण वैद्य र हेमराज ढकाल तथा कोषाध्यक्षमा अम्बिका पौडेल र मनिषलाल प्रधानले प्रतिस्पर्धाबीच प्रतिस्पर्धा हुने भएको छ । बरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषध्यक्षमा मनिषलाल प्रधानलाई अध्यक्ष श्रेष्ठको प्यानलमा छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई र कोषाध्यक्षमा अम्बिका पौडेल उपाध्यक्ष प्रवलजंग पाण्डेले अघि सारेका उम्मेद्वार हुन् । पौडेललाई निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको पनि समर्थन छ । तर, निवर्तमान अध्यक्ष ढकालले बरिष्ठ उपाध्यक्षमा हेमराज ढकाललाई अघि सारेका छन् ।