जेठ १४ गते सार्वजनिक बिदा, १७ गतेसम्म लगातार ४ दिन बिदा
संवैधानिक व्यवस्थाअनुसार हरेक जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको आयव्ययको वार्षिक अनुमान (बजेट) संघीय संसदको संयुक्त वैठकमा पेश गर्ने गर्दछ ।
काठमाडौँ । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।
१५ गते शुक्रबार लोकतन्त्र दिवस छ । त्यसमा पनि सार्वजनिक विदा यसअघि नै दिइएको छ । संवैधानिक व्यवस्थाअनुसार हरेक जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको आयव्ययको वार्षिक अनुमान (बजेट) संघीय संसदको संयुक्त वैठकमा पेश गर्ने गर्दछ । १६ गते शनिबार र १७ गते आईतबार स्वतः विदा परेका छन् । सरकारले यसअघि आईतबार पनि सार्वजनिक विदा दिने निर्णय लिएपछि यसपटक १४ गते बकर ईदसँगै लगातार ४ दिन सार्वजनिक बिदा पर्न गएको हो ।