अबदेखी बैंकका संस्थापक सेयरधनी सर्वसाधारण समूहबाट सञ्चालक बन्न नपाउने (फैसलाको पूर्णपाठ)
न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले २०८२ चैत १५ गते गरेको फैसलाअनुसार शर्माको रिट खारेज गर्दै संस्थापकलाई सर्वसाधारण समूहको सञ्चालक नबनाउँदा मौलिक हक हनन नभएको निस्कर्ष निकालेको हो ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनी अवदेखि सर्वसाधारण समूहबाट सञ्चालक बन्न नपाउने भएको छन् । सर्वोच्च अदालतले संस्थापक र सर्वसाधारण दुवै समूहको सेयर धारण गरेको सेयरधनीले सर्वसाधारण समूहबाट सञ्चालक पदमा उम्मेदवारी दिन नपाउने फैसला गरेको हो ।
संस्थापक र सर्वसाधारण दुवै सेयर हुने एक सेयरधनीले सर्वसाधारण समूहबाट सञ्चालक बन्न पाउनुपर्छ भन्दै विवाद झिकेका सिटिजन्स बैंक इन्टरनेशनलका सेयरधनी विश्वेश्वरप्रसाद शर्माका तर्फबाट परेको रिट खारेज गर्दै सर्वोच्चले संस्थापक सेयर भएका सेयरधनी सर्वसाधारण समूहबाट सञ्चालक हुन नसक्ने फैसला गरेको हो । बैंकको साधारणसभा अघि सिटिजन्सको साधारण र संस्थापक सेयरधनी रहेका शर्माको उम्मेदवारी निर्वाचन कमिटीले अस्वीकृत गरेको थियो । यसअघि सर्वोच्चले शर्माको रिटमा मागअनुसार अन्तरिम आदेश दिएपछि निर्वाचन नै नगरी सिटिजन्सको साधारणसभा सकिएको थियो ।
न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले २०८२ चैत १५ गते गरेको फैसलाअनुसार शर्माको रिट खारेज गर्दै संस्थापकलाई सर्वसाधारण समूहको सञ्चालक नबनाउँदा मौलिक हक हनन नभएको निस्कर्ष निकालेको हो । अदालतले बैंकको निर्वाचन कमिटिले २०८२ मंसिर ८ गते गरेको निर्णयलाई सदर गरेको छ ।
यस्तो अदालतको फैसलाको पूर्णपाठ