सानिमा इक्विटी फण्ड २ को इकाई आजदेखि विक्री बन्द

यसअघि वैशाख २९ गतेसम्म निष्काशन गर्ने भनिएकोमा न्यून आवेदन परेपछि जेठ ७ गतेसम्म अवधि थपिएको थियो । तर त्यसअघि नै मागभन्दा बढी आवेदन परेकाले आज बन्द गर्न लागिएको हो । यो सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी योजना हो ।

काठमाडौं । सानिमा क्यापिटलले वैशाख २४ गतेदेखि बिक्री खुला गरिरहेको सानिमा इक्विटी फण्ड-२ को इकाई आजदेखि बन्द गरिने भएको छ । आज साँझ बैंकिङ्ग समयपश्चात् आवेदन लिने कार्य बन्द हुने छ ।

यसअघि वैशाख २९ गतेसम्म निष्काशन गर्ने भनिएकोमा न्यून आवेदन परेपछि जेठ ७ गतेसम्म अवधि थपिएको थियो । तर त्यसअघि नै मागभन्दा बढी आवेदन परेकाले आज बन्द गर्न लागिएको हो । यो सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी योजना हो ।

यस अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री भएको छ । निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ ।

बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो थियो । यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिन्छ । यसको योजना व्यवस्थापक र धितोपन निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ ।