सुन तोलाको ४ हजार ५ सयले घट्यो, चाँदीमा पनि गिरावट
आइतबार सुनको मुल्य तोलाको ४ हजार ५ सयले घटेर तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४ हजार ५ सयले घटेर तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३३० रुपैयाँले घटेर ५ हजार ६० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५ हजार ३९० मा कारोबार भएको थियो ।