मुक्तिनाथ विकास बैंकका सीइओ तारा मानन्धरले सम्हाले पद
मानन्धरको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृति (सीइओ) तारा मानन्धरले पदभार सम्हालेका छन् ।
मानन्धरले शुक्रबार जिम्मेवारी सम्हाल्दै बैंकको दिर्घकालीन लक्ष्य, उच्चस्तरिय ग्राहक सेवा, कर्मचारीहरूको उच्च मनोबल तथा सरोकारवालाहरूले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाए ।
बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरसँग विभिन्न वाणिज्य बैंकहरूको उच्च कार्यकारी भूमिका रही काम गरेको अनुभव छ । मानन्धर पछिल्लो समय डिस मिडिया नेटवर्कमा सीईआको जिम्मेवारीमा थिए । वैशाख ३ गते बैंकको सञ्चालक समितिले मानन्धरलाई जेठ १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको थियो ।
उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।