विपक्षी दलको विरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गर्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री डा. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सभामुखले बोलाएपछि विपक्षी दलहरुले विरोध गरेका थिए । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेपनि सत्ता पक्ष रास्वपाका सांसदहरुले भने प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीको स्थानमा अन्य मन्त्रीले छलफलमा भाग लिन र जवाफ दिन पाउने जिकिर गरेका थिए ।