पोखरा फाइनान्स समृद्धि फाइनान्समा गाभिने, राष्ट्र बैंकको दियो अन्तिम स्वीकृति

मर्जरले जोखिम वहन क्षमतामा सुधार, पूँजी संरचना सुदृढीकरण तथा सेवा विस्तारमा सहयोग पुग्ने अपेक्ष दुबै फाइनान्सले गरेका छन् । वित्तीय क्षेत्रमा देखिएको प्रतिस्पर्धा, नियामक आवश्यकताहरू र संस्थागत क्षमता मजबुत पार्ने लक्ष्यसहित दुवै फाइनान्स कम्पनीले गाभिने निर्णय गरेका हुन् ।

काठमाडौं । पोखरा फाइनान्स समृद्धि फाइनान्समा गाभिने भएको छ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई समृद्धि फाइनान्समा गाभिन अन्तिम स्वीकृति दिएको छ । बुधबार सार्वजनिक भएको स्वीकृतिसँगै दुवै फाइनान्स कम्पनी एकीकृत भएर समृद्धि फाइनान्सको नामबाट कारोबार गर्न सक्ने छन् । अब राष्ट्र बैंकको निर्देशनअनुसार एकीकृत कारोबार कार्यान्वयनका लागि आवश्यक प्रक्रिया सुरु गरिने छ। 

राष्ट्र बैंकबाट स्वीकृति आएसँगै मर्जर प्रक्रिया अन्तिम चरणमा प्रवेश गरेको छ । यसअघि दुवै फाइनान्स कम्पनीका सञ्चालक समिति तथा साधारणसभाले मर्जर सम्झौतालाई अनुमोदन गरेका थिए ।

मर्जरपछि बन्ने संयुक्त संस्थाको नाम, प्रमुख पदाधिकारी तथा प्रारम्भिक कार्ययोजना सम्बन्धी विवरण चाँडै सार्वजनिक गर्ने जनाइएको छ । मर्जरले जोखिम वहन क्षमतामा सुधार, पूँजी संरचना सुदृढीकरण तथा सेवा विस्तारमा सहयोग पुग्ने अपेक्ष दुबै फाइनान्सले गरेका छन् । 

वित्तीय क्षेत्रमा देखिएको प्रतिस्पर्धा, नियामक आवश्यकताहरू र संस्थागत क्षमता मजबुत पार्ने लक्ष्यसहित दुवै फाइनान्स कम्पनीले गाभिने निर्णय गरेका हुन्।

प्रकाशन भएका दस्तावेजहरू

6a0421d071e79_1778655696.pdf