आज नीति तथा कार्यक्रम पारित गरिने, प्रधानमन्त्री साहले दिनेछन् एकमुस्ट जवाफ
नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रधानमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । प्रधानमन्त्री साहले पेश गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ ।
काठमाडौं । आज संघीय संसद् प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने भएको छ । बिहान ११ बजे सुरु हुने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने र त्यहाँ उठेका प्रश्नहरुको जवाफ प्रधानमन्क्री बालेन्द्र सिाहले दिएसँगै कार्यत्रम पारित गरिने छ ।
बैशाख २८ गते सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रधानमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । प्रधानमन्त्री साहले पेश गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ ।
छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री साहले दिनेछन् । संसदले नीति तथा कार्यक्रम ल्याएकोमा राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गर्नेछ र यसैलाई नै नीति तथा कार्यक्रम पारित भएको मानिने प्रचलन छ । धन्यवाद प्रस्ताव फेल भएमा भने नीति तथा कार्यक्रम असफल भएको र सरकार अल्पमतमा परेको बुझिने संवैधानिक परम्परा छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बलमा भएको निर्वाचनपछि करीव दुईतिहाई बहुमतसहित सरकारले ल्याएको नीति तथा कार्यक्रम फितलो र पुरानै कार्यक्रमको प्याकेज भएकाले अहिलेका समस्या समाधान नगर्ने र रोजगारी सिर्जनामा कुनै सहयोग नगर्ने भन्दै आलोचनासमेत भईरहेको छ ।