बैंकहरुले घटाए १२५ शाखा, कसको कति घटे ?

यसबीचमा सबैभन्दा धेरै शाखा वाणिज्य बैंकहरुले घटाएका छन् । २०८२ मंसीरमा ५ हजार १०५ शाखा रहेकामा चैतमा आईपुग्दा ५ हजार ३ शाखामा केन्द्रित भएका छन् । २०८२ असारमा भने बैंकहरुको ५ हजार ९९ शाखा थिए ।

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले शाखा कटौतिलाई तिब्रता दिएका छन् । जसको परिणाम पछिल्लो ४ महिनाकै अवधिमा १२५ शाखा कटौति भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार बैंक तथा वित्तीय संस्था (लघुवित्तसमेत) को २०८२ चैतसम्म ११ हजार ४०१ शाखा सञ्चालनमा छन् । जवकी यी संस्थाहरुले २०८२ असारसम्म ११ हजार ५२६ शाखा खोलेका थिए ।

खासगरि गत मंसीरमा राष्ट्र बैंकले तोकिएका सर्त पुरा गरेर महानगरपालिका भित्र रहेका शाखा समायोजन गर्न सक्ने व्यवस्था गरेपछि वित्तीय संस्थाहरुले शाखा कटौतिलाई तिब्रता दिएका हुन् । त्यसैअनुरुप बैंक तथा वित्तीय संस्थाहरुले आ(आफ्ना शाखा समायोजन गर्दै लगेका छन् । जसले गर्दा बैंक तथा वित्तीय संस्थाको शाखा घट्दै गएको छ । 

यसबीचमा सबैभन्दा धेरै शाखा वाणिज्य बैंकहरुले घटाएका छन् । २०८२ मंसीरमा ५ हजार १०५ शाखा रहेकामा चैतमा आईपुग्दा ५ हजार ३ शाखामा केन्द्रित भएका छन् । अझ बैंकहरुको शाखा घट्ने क्रम जारी रहेको बताइन्छ । २०८२ असारमा भने बैंकहरुको ५ हजार ९९ शाखा थिए । बिकास बैंकहरुको ८ शाखा घट्दा वित्त कम्पनीको भने एउटा शाखा थपिएको छ । यसअवधिमा लघुवित्त वित्तीय संस्थाकोसमेत २२ शाखा घटेको छ ।

२०८२ चैतसम्म २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार

विकास बैंक गरी १०६ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा छन् ।