टेलिहेल्थदेखि रोग नियन्त्रण केन्द्रसम्म स्थापना गर्ने सरकारको घोषणा
सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रत्स्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बिमाको पुनः संरचना गरिने बताएका छन् ।
काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रत्स्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बिमाको पुनः संरचना गरिने बताएका छन् ।
साथै, दुर्गम क्षेत्रका नागरिकहरूलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराउन टेलिहेल्थ सेवा सञ्चालन गरिने बताएका छन् । उनले स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण र रोग नियन्त्रणका लागि रोग नियन्त्रण केन्द्र स्थापना गरिने बताएका छन् ।