आगामी बजेटमार्फत कर घटाउने सरकारको घोषणा

उद्यम तथा मध्यम वर्गलाई लक्षित गर्दै कर घटाउने घोषणा गरिएको हो ।

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षदेखि कर घटाउने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर घटाउने बताएका हुन् । उद्यम तथा मध्यम वर्गलाई लक्षित गर्दै कर घटाउने घोषणा गरिएको हो । नीति तथा कार्यक्रमलाई समेत समेटेर सरकारले आगामी जेठ १५ गते बार्षिक बजेट प्रस्तुत गर्ने छ ।