प्रतिनिधि सभाको बर्खे अधिवेशन सुरू, विपक्षी सांसदहरूले उठेर गरे विरोध

सभामुखको आग्रहपछि अघि बढ्यो बैठक

सभामुख अर्यालले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए । सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो ।

काठमाडौं । प्रतिनिधिसभाको बर्खे अधिवेशन सोमबार सुरू भएकाे छ । सिंहदरबारस्थित नयाँ संसद् भवनमा अधिवेशनको पहिलो बैठक बसिरहेको छ ।

बैठकको सुरूमै नेपाली कांग्रेस, नेकपा एमाले र श्रमसंस्कृति पार्टीसहितका सांसदहरूले उठेर विरोध जनाएका छन् । अध्यक्ष हर्कराज राईसहितले संसद्को सुरूमै उठेर विरोध जनाएका हुन् ।

बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए । उनले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए । सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो ।