प्रभु स्टक मार्केटको अध्यक्षमा रविन्द्र ढकाल
ढकालको नेतृत्वमा प्रभु स्टक मार्केटले आफुलाई प्रतिस्पर्धी एवम् स्टक ब्रोकर संस्थाको रुपमा स्थापित गर्ने विश्वास लिएको छ ।
काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्षमा रविन्द्र ढकाल चयन भएका छन् ।
वैैशाख २५ गते बसेको प्रभु स्टक मार्केटको संचालक समितिको ६३औं बैठकले प्रभु बैंकका चिफ म्यानेजर ढकाललाई अध्यक्षमा चयन गरेको हो ।
ढकालको नेतृत्वमा प्रभु स्टक मार्केटले आफुलाई प्रतिस्पर्धी एवम् स्टक ब्रोकर संस्थाको रुपमा स्थापित गर्ने विश्वास लिएको छ ।
प्रभु बैंकका नेपालभर ३०० शाखा कार्यालयहरु, २६१ एटीएमहरु साथै ६६ एक्सटेन्सन काउन्टरहरु मार्पत करिब ३६ लाख भन्दा बढि ग्राहकवर्गहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूूल नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेकोे छ ।