भृकुटीमण्डपमा साउथ एशिया ट्रेड फेयर शुरु
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा सुरु भएको सो मेलामा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानस्तानका व्यावसायिक समूहको सहभागिता रहेको छ ।
काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकैथलोमा ल्याउने उद्देश्यसहित काठमाडौंमा साउथ एसिया ट्रेड फेयर सुरु भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा सुरु भएको सो मेलामा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानस्तानका व्यावसायिक समूहको सहभागिता रहेको छ ।
प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवर्द्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहलकदमी समेत गर्ने उदेश्य राखेको समेत आयोजकले जनाएको छ । विभिन्न देशको ‘पेभिलियन’राखिएको सो मेलामा सार्क क्षेत्रका पाँच हजारभन्दा बढी उद्यमी व्यवसायी तथा एक लाख बढी स्थानीय अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ। मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण लगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरूका स्टल राखिएका छन् ।