सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन् ।
काठमाडौं । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २१ गतेदेखि पहिलो चरण अन्तर्गत श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले आफ्नो जारीपूँजी ३४ करोडको २५ प्रतिशत अर्थात ८ करोड ५० लाख रकमबराबरको प्रतिसेयर १०० अंकित दरका ८ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशतले हुने ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन् । यस्तो आवेदन धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित ‘मेरो सेयर’अनलाइन प्रयोग गरी सि-आस्वा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।