महासघमा यस्तो बन्यो अञ्जन श्रेष्ठको टिम, नयाँ नेतृत्वले व्यवसायीहरुको पक्षमा आवाज बुलन्द पार्ने विश्वास
एसोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डे, जिल्ला नगर उपाध्यक्ष कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ, वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ
दुई तिहाई बहुमत नजिकको सरकार भर्खरै निर्वाचित भएर आएकेा र निजी क्षेत्रको मनोबल खस्किएको बेला निर्वाचित महासंघको नयाँ नेतृत्वले व्यवसायीहरुको पक्षमा आवाज उठायन उठाउन र निजी क्षेत्रको तमाम् समस्याहरु हल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । निजी क्षेत्रको छाता संगठनका रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व आज (बुधबार) देखि परिवर्तन भएको छ । यद्यपी औपचारिक कार्यभार भने बिहीबार मात्रै सम्हाल्ने छन् ।
बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको काँधमा महासंघको नेतृत्व आउँदा निर्वाचनमार्फत आएका अन्य पदाधिकारीहरु पनि उनकै प्यानलका बढी भएको बताईन्छ । एसोसिएट उपाध्यक्षमा अञ्जन पक्षकै प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । यो कार्यसमितिले आगामी ३ वर्ष महासंघको नेतृत्व गर्ने छ ।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतस अध्यक्ष हुने प्रावधान अन्तर्गत श्रेष्ठको काँधमा जिम्मेवारी आएको हो । यसअघि निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकाल, शेखर गोल्छा र भवानी राण वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष भएका थिए । तर, अबको ३ वर्षपछि भने फेरी अध्यक्षमै निर्वाचन गर्ने गरि महासंघको विधान संशोधन गरिएको छ ।
महासंघ कार्यकारिणी समिति अध्यक्ष बाहेक पदाधिकारी तथा सदस्यहरूको निर्वाचन भने मंगलबारभएको थियो । निर्वाचनको मतपरिणामसमेत आईसकेको छ । महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष भने कार्यकारिणी समितिले चुन्ने छ । त्यसपछि मात्रै महासंघको पूर्ण टिम तयार हुने छ ।
महासंघको मंगलबार सम्पन्न निर्वाचनको अन्तिम नतिजाअनुसार एशोसिट उपाध्यक्षमा पाण्डे निर्वाचित भएका छन् ।
त्यसैगरी, एसोसिएटतर्फको दुई महिला कार्यकारिणी सदस्य पदमा जुना माथेमा र अभिज्ञा मल्ल चुनिएका छन् । यसअघि नै एशोसियट सदस्यको मतगणना सकिएको छ । जसमा सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिका प्रसाद पौडेल, उज्ज्वल कुमार श्रेष्ठ, शक्ति कुमार बेगानी, ऋषि अग्रवाल, सुशील थापा, रामशरण भण्डारी, राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, बाबुकाजी कार्की, दिवश न्यौपाने, कृष्ण लाल महर्जन, प्रियराज रेग्मी, इश्वर बहादुर जि सी, सुरज उप्रेती र बटु लामिछाने विजयी भएका छन् ।
महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा ८७ र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् ।त्यस्तै, महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भए ।
त्यसैगरि जिल्ला नगर खुल्ला केन्द्रीय सदस्यमा अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छ्त्रधर आत्रेय, तारा बहादुर कार्की, दिपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की, हरि प्रसाद अर्याल विजयी भएका छन् । त्यसैगरि महासंघको द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल विजयी भए ।
त्यस्तै, वस्तुगत समूहतर्फ अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरे निर्वाचित भएका छन् । वस्तुगत समूहको महिला सदस्यमा सुनिता न्हेम्हाफुकी विजयी भएकी छन । बस्तुगत महासंघतर्फ सुनयना घिमिरे र विश्वनाथ खनाल विजयी भए ।
दुई तिहाई बहुमत नजिकको सरकार भर्खरै निर्वाचित भएर आएकेा र निजी क्षेत्रको मनोबल खस्किएको बेला निर्वाचित महासंघको नयाँ नेतृत्वले व्यवसायीहरुको पक्षमा आवाज उठायन उठाउन र निजी क्षेत्रको तमाम् समस्याहरु हल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
यस्तो छ निर्वाचित पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुको सूची